फिस्लिङमा कारसँग ठोक्किएर बस खस्यो त्रिशूलीमा

काठमाण्डौ – चितवनको इच्छाकामना गाउँपालिकाको फिस्लिङ नजिकै आज बिहान बस र कार ठोक्किँदा २० जना घाइते भएका छन् ।
नेपालगञ्जबाट काठमाण्डौको लागि छुटेको भे १ ख ४०६२ नम्बरको बस र बिपरित दिशा गुडिरहेका बा प्र ०१ ०२९ च ३७२० नम्बरको कार एकआपसमा ठोक्किँदा बसमा रहेका १५ र कारमा रहेका ५ जना घाइते भएका प्रहरीले जनाएको छ ।
कारसँग ठोक्किएपछि बस सडकबाट करिब २५ फिट तल त्रिशूली नदी किनारमा खसेको छ । दुर्घटनालगत्तै सशस्त्र प्रहरी बलको बिपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको टोलीले उद्धार गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीसएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
उहाँकाअनुसार घाइतेमध्ये ११ जनालाई उपचारको लागि भरतपुरतर्फ पठाइएको छ भने एकजना गम्भीर घाइतेलाई सशस्त्र प्रहरी बलको कुरिनटारमा रहेको ट्रमा सेन्टरमा प्राथमिक उपचारपछि भरतपुर नै पठाइएको छ ।

लोप हुदै परम्परागत गहना

सेवाग्राही विदेशिएपछि पन्ध्र हजार परिचयपत्र थन्कियो

पुराणवाचकको परीक्षा लिएर प्रमाणपत्रको व्यवस्था गरिने

अपाङ्गता भएका व्यक्तिप्रति सामाजिक दृष्टिकोण बदल्नुपर्छः मुख्यमन्त्री कँडेल

हनी ट्रयापमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

प्रतिक्रिया