काठमाण्डौको भृकुटीमण्डमा आजदेखि अन्तर्राष्ट्रिय पर्यटन मेला शुरु हुँदै

काठमाण्डौको भृकुटीमण्डमा आजदेखि अन्तर्राष्ट्रिय पर्यटन मेला शुरु हुँदै

काठमाण्डौ – काठमाण्डौको भृकुटीमण्डमा आजदेखि अन्तर्राष्ट्रिय पर्यटन मेला शुरु हुँदैछ । समिट इभेन्ट्स मार्केट्सको आयोजनामा हुन लागेको मेला नेपालको समग्र पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रबाट पहिलो पटक आयोजना गरिएको प्रबन्ध निर्देशक एवम् मेलाका संयोजक विष्णु पाण्डेले बताउनुभयो ।

नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरसम्म जोड्न मेलाको आयोजना गरिएको उहाँको भनाई छ । नेपाल पर्यटन बोर्ड र काठमाण्डौ  महानगरपालिकाको मुख्य सहयोग रहेको मेलामा एक हजारभन्दा बढी अवलोकनकर्ताको सहभागिता रहने संयोजक पाण्डेले बताउनुभयो ।

मेलामा विभिन्न समूहगत छलफल हुनेछन् । मेलाले विभिन्न देशका पर्यटन व्यवसायीलाई एकै ठाउँमा ल्याउने र यसबाट नेपालको अन्तर्राष्ट्रिय रुपमा पर्यटन प्रवर्द्धन गर्न नयाँ अवसरको सिर्जना गर्ने विश्वास लिइएको आयोजकले जनाएको छ । मेलामा १६ देशका एक सय ५५ पर्यटन व्यवसायीको सहभागिता रहने पाण्डेले बताउनुभयो ।

मेलामा नेपाल, भारत, कोरिया, ताइवान, सिङ्गापुर, माल्दिभ्स, अमेरिका, नेदरल्याण्ड्स, श्रीलङ्का, चीन, थाइल्याण्ड, दुबई, बङ्गलादेश, भियतनाम, मलेसिया, भुटान सहभागी हुने मेलामा एक करोड रुपैयाँभन्दा बढी खर्च हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया