राष्ट्रिय गौरवको सिक्टा सिँचाइको ९२ प्रतिशत भौतिक प्रगति

राष्ट्रिय गौरवको सिक्टा सिँचाइको ९२ प्रतिशत भौतिक प्रगति

बाँके – बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइले चालू आर्थिक वर्षमा ९२ प्रतिशत भौतिक प्रगति गरेको छ ।

चालू आर्थिक वर्षमा सिक्टा सिँचाइ आयोजनाको पूर्वी मूल नहरको बाँकी कामको ठेक्का व्यवस्थापन, पश्चिमी मूल नहरतर्फका प्रसेनीपुर, अकलघरवा तथा गोहा शाखा नहरको ठेक्का सम्झौता गरी निर्माण, गुरुवागाउँ शाखा नहर निर्माण, विभिन्न शाखा, प्रशाखा नहरका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण गर्नेलगायत काम भएको आयोजनाका इन्जिनियर सन्देश पौडेलले बताउनुभयो ।

सिक्टा सिँचाइ आयोजनालाई आउँदो आर्थिक वर्ष २०८१/८२ मा बजेट सिलिङ बढेको छ । आर्थिक वर्ष २०८१/८२ को बजेटमा सिक्टा सिँचाइ आयोजनालाई एक अर्ब ६० करोड विनियोजन भएको छ । चालू आर्थिक वर्ष २०८०/८१ मा सिक्टा सिँचाइलाई एक अर्ब ३५ करोड रुपैयाँ विनियोजन भएको थियो ।

बाँकेको राप्ती सोनारी गाउँपालिका–२ अगैयास्थित राप्तीमा बाँध निर्माण गरी बाँकेको खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याउन आयोजना निर्माण गरिएको हो ।

प्रतिक्रिया