गर्मीका कारण त्रिवेणी शारदाका बिद्यालय विदा

गर्मीका कारण त्रिवेणी शारदाका बिद्यालय विदा

सल्यान  -    सल्यानको त्रिवेणी गाउँपालिका भित्रका सबै बिद्यालय ७ दिनका लागि बन्द गरिएको छ । पछिल्लो केही दिनयता बढेको अत्याधिक गर्मीमा कारण बिद्यार्थी बेहोस हुने र पठनपाठन नै प्रभावित हुने भएकाले भोली शुक्रवार देखी असार ६ गतेसम्मका लागि बिद्यालय बन्द गरिएको हो ।

बर्खे बिदाबाट कटौती हुने गरेर पालिका भित्रका सबै सामुदायिक र संस्थागत बिद्यालय बन्द गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर केसीले जानकारी दिनुभयो । साथै मौसम अनुकुल भै पठनपाठनका लागि उपयुक्त वातावरण भएमा गाउँपालिकाले आवश्यक निर्णय गरेर पठनपाठन सञ्चालन गरिने गाउँपालिकाद्धारा जारी सुचनामा भनिएको छ ।

यस्तै शारदा नगरपालिकाले पनि गर्मीका कारण नगरभित्रका बिद्यालय ३ दिन विदा दिएको छ । नगरपालिकाले आज एक सुचना जारी गर्दै जेठ ३१ गतेदेखी असार २ गतेसम्म सबै बिद्यालय बन्द गर्ने जनाएको छ ।

प्रतिक्रिया