भारतसँग सीमा समस्या समाधान गर्न गम्भीर रूपले कुरा गरेको छु : प्रधानमन्त्री
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँगको सीमा विवादको समस्या समाधान गर्नको लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफूले छलफल गरेको बताउनुभएको छ ।
हेटौंडा सवस्टेशन समुद्घाटन समारोहलाई सम्बोधन गर्दै वार्ता र संवादमार्फत् सीमाको समस्या समाधान गर्ने उहाँले बताउनुभयो ।
दाहालले भन्नुभयो, ‘भारतका प्रधानमन्त्रीसँग पञ्चेश्वरलगायत अन्य जलविद्युत आयोजनासँग सम्बन्धित कयौं महत्वपूर्ण छलफल गरेको छु । मैले सीमाको समस्या समाधान गर्न, व्यापारको विषयमा दुई पक्षकै मेकानिजमलाई सक्रिय बनाएर वार्ता र संवादमार्फत् समस्या समाधान गर्न गम्भीर रूपले राखेको छ ।’
प्रधानमन्त्रीले भारतको बाटो भएर बंगलादेशमा विद्युत निर्यातको प्रक्रिया समेत अघि बढिसकेको बताउनुभयो ।
प्रतिक्रिया