रक्तदान सचेतना कार्यक्रम

रक्तदान सचेतना कार्यक्रम

दैलेख – विश्व रक्तदाता दिवसको अवसरमा दैलेखमा सचेतना कार्यक्रम गरिएको छ । दैलेख जेसिज  स्वयमसेवी रक्तदाता समाज दैलेख, कर्णाली युथ, ब्लड फर नेपाल लगायतका नागरिक समाज संस्थाहरुको आयोजनामा सचेतना कार्यक्रम भएको हो । 

स्वास्थ्य सेवा कार्यालय दैलेख र दैलेख टेक्निकल स्कूलको सहकार्यमा दैलेख सदरमुकाममा रक्त समूह परीक्षण तथा रक्तदान कार्यक्रम समेत गरिएको थियो । कार्यक्रमको सभापतित्व दैलेख जेसिज २०२४ का अध्यक्ष प्रकाश बुढाले गर्नुभएको थियो । 

जिल्ला समन्वय समितिका प्रमुख नमराज शाही, स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. धर्मराज रेग्मी, स्वयमसेवी रक्तदाता समाज दैलेखका अध्यक्ष पत्रकार अमर सुनार लगायतले विश्व रक्तदाता दिवस र रक्तदानको महत्व विषयमा प्रकाश पार्नुभएको थियो । 


 

प्रतिक्रिया