मेलमिलापकर्ताहरुको लागि दुई दिने तालिम

मेलमिलापकर्ताहरुको लागि दुई दिने तालिम

दैलेख – नारायण नगरपालिकाले न्यायिक समितिका सदस्यहरु र मेलमिलापकर्ताहरुको लागि दुई दिने तालिम सुरु गरेको छ । न्यायिक समितिको प्रभावकारिता र मेलमिलापकर्ताहरुको भूमिका विषयमा तालिम केन्द्रित रहेको नारायण नगरपालिकाका न्यायिक समिति सचिवालयकी गीता बुढाले जानकारी दिनुभयो । 

तालिमको पहिलो दिन मेलमिलाप सम्वन्धी कानून र मेलमिलाप प्रक्रिया विषयमा अधिवक्ता दिपेन्द्र थापा र प्रहरी तथा न्यायिक समितिको समन्वय सहकार्य विषयमा जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज सुनिल दाहालले सहजीरण गर्नुभएको थियो । 

नारायण नगरपालिकामा सूचीकृत २८ जना मेलमिलापकर्ता र न्यायिक समितिका तीन जना सदस्यहरुको सहभागिता रहेको तालिमको अन्तिम दिन भोलि शनिबार जिल्ला न्यायाधीश बलराम लम्सालले देवानी मुद्दामा मेलमिलाप सम्वन्धी अदालती अभ्यास विषयमा सहजीकरण गर्नुहुने बताइएको छ । 
 

प्रतिक्रिया