समान मर्यादाको निम्ति विहानी परियोजना

समान मर्यादाको निम्ति विहानी परियोजना

जुम्ला – बिहानी परियोजना अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रम जुम्लाको चन्दननाथ नगरपालिकामा सम्पन्न।चन्दननाथ नगरपालिकाका उपप्रमुख रामदेबिको प्रमुख आतिथ्यतामा गरिएको छ । उक्त कार्यक्रममा कार्यपालिका सदस्य, वडाअध्यक्ष, विभिन्न शाखाका प्रमुखहरु, वडासचिब विभिन्न संघसंस्था  पत्रकार गरी ३७ जनाको सहभागिता रहेको थियो ।

बालबालिका, महिला र युबा अधिकारका लागि समाबेशी वकालतका अभियानहरु विहानी परियोजना अन्तर्गतका क्रियाकलापहरु गरिने परियोजना सम्योजक माया अधिकारीले बताउनु भयो । बालबिबाह, बालश्रम, लागुपदार्थ दुव्र्यसनी, छाउपडी प्रथा, महिला हिंसा न्यूनीकरण, गुणस्तरीय शिक्षा, जिबिकोपार्जन सवाल प्राथमिकता रहेको उहाँले जानकारी दिनुभयो । 

परिवारमा महिला, बालबालिकाको आत्मसम्मान र मर्यादासंगै समाजमा पिछडिएको जातजाति, समुदायप्रति गरिने व्यवहार सम्मानजनक कसरी गर्न सकिन्छ भनी व्यवहार परिबर्तन ज्ञान, सीप दिई सभ्य समाज बनाउने सामुदायिक क्रियाकलाप गरिने परियोजनाले परिचयात्मक कार्यक्रममा प्रष्ट्याएको छ । 
 

प्रतिक्रिया