बालभेलाबाट गठित नगर सञ्जालले बुझायो २६ बुदे मागपत्र

बालभेलाबाट गठित नगर सञ्जालले बुझायो २६ बुदे मागपत्र

जुम्ला –चन्ददननाथ नगरपालिकामा स्थानीय तहसंग बाल अधिकार, बाल संरक्षण र बालसहभागिता सवालमा अभिमुखीकरणको बेला बालबालिका सवालहरु समेटेर वार्षिक योजना निर्माणका लागि बाल भेला सम्पन्न भएको छ । 
एईआईएनको आर्थिक सहयोगमा सोसेक नेपालद्धारा सन्चालित विहानी परियोजनासंगै वल्र्ड भिजनको  आर्थिक सहयोगमा कीडराकको साझेदारीमा तीन दिन सञ्चालन भएको उक्त कार्यक्रममा ४९ जनाको सहभागिता थियो । 

चन्दननाथ नगरपालिकाको आयोजनामा भएको उक्त कार्यक्रममा उपप्रमुख रामदेबी खडकाको अध्यक्षतामा गरिएको कार्यक्रममा बालबालिकामा बढ्दो लागुपदार्थ दुव्र्यसनी, बालबिबाह, मानव बेचबिखन, बालबालिका माथि हुने हिंसा र दुव्र्यवहारले पारेको असर र समाधानका विषयमा  छलफल भएको थियो । 

बालबालिकाले भोगेको समस्या न्यूनीकरण गर्न बालभेलाबाटै बनाइएको योजनालाई कार्यान्वय गर्न नगर योजना तर्जुमा समेट्न पहल गर्ने चन्दननाथ नगरपालिकाका बाल कल्याण अधिकारी पुष्पा थापा र महिला बालबालिका शाखा प्रमुख माया थापा शाहीले बताउनु भयो ।

यसैगरी अन्तरराष्ट्रिय बालश्रम बिरुद्धको दिवसको अवसरमा चन्दनाथ नगरपालिकामै सोसेक नेपाल र किडाक कै साझेदारीमा जेठ ३० गते प्रभातफेरी कार्यक्रम गरीएको थियो । बालश्रम रोकथामको सचेतना जगाउन आयोजित प्रभातफेरी कार्यक्रममा नगरउपप्रमुख रामदेबी खडका लगायत जनप्रतिनिधि, सरकारी र गैरसरकारी निकायका प्रतिनिधिहरुको सहभागिता थियो । 
 

प्रतिक्रिया