कर्णाली चिनाउन कनेक्टिङ कर्णाली अभियान

कर्णाली चिनाउन कनेक्टिङ कर्णाली अभियान

काठमाडौं -  शब्द, चित्र, दृश्य र उत्पादनका माध्यमबाट संघीय राजधानीलाई कर्णालीसँग जोड्न काठमाडौँमा  ‘कनेक्टिङ कर्णाली’ अभियानको फोटो प्रदर्शन गरिएको छ ।  मनघरी फाउन्डेशनको आयोजना तथा सोसेक नेपाल,दैलेखी सेवा समाजको प्रवद्र्धनमा तस्वीर-भिडियो प्रदर्शन गरिएको हो । 


 
 शनिवार कर्णालीका शब्द, चित्र, दृश्य र उत्पादनका माध्यमबाट संघीय राजधानीलाई कर्णालीसँग जोड्ने अभियान ‘कनेक्टिङ कर्णाली’को राउटे युवा नवीन शाहीले उद्घाटन गर्नुभएको थियो  ।

काठमाडौंको नयाँ बानेश्वरस्थित एनबी सेन्टरमा आयोजित प्रदर्शनीको उद्घाटनछि नवीनले राउटे समुदाय संकटमा रहेको, विभिन्न समस्याहरु झेल्न परेको गुनासो गर्नुभएको थियो   ।

कनेक्टिङ कर्णाली अभियानले कर्णालीका १० वटै जिल्लाहरुलाई समेट्ने उद्देश्यसहित कार्यक्रम पनि सार्वजनिक गरेको छ ।

अभियानको सुरुवात स्वरुप खस कला, संस्कृति र सम्पदाको खानीको रुपमा रहेको दैलेखबाट सुरुआत गरिएको छ । तीन दिनसम्म चल्ने प्रदर्शनीमा ३२ वटा फोटो तथा ५ वटा भिडियोहरू प्रदर्शन गरिएको छ । साथै, कर्णालीको उत्पादनसँग सम्बन्धित मार्सी चामल, सिमी, कोदो, फापरको पिठो, कपडा, राउटे समुदायबाट उत्पादित सामग्रीहरूलाई प्रदर्शनीमा राखिएको छ ।

कनेक्टिङ कर्णाली अभियानमार्फत कर्णालीको १० वटै जिल्लाहरुलाई उजागर गर्ने कामको थालनी दैलेखबाट सुरु गरको मनघरी फाउण्डेशनका अध्यक्ष एवम् कनेक्टिङ कर्णालीका परिकल्पनानकार भरतबन्धु थापाले बताउनुभयो  ।

उहाँका अनुसार प्रत्येक महिना पहिलो शनिबारदेखि कर्णालीका दशै जिल्ला समेटिने अध्यक्ष थापाको भनाइ छ । प्रदर्शनीमा राखिएका अधिकांश तस्वीर आयोजक र विशाल सुनारले कैद गरेका तस्बिर रहेका छन्  । पाँच वटै छोटा भिडियोहरू विशाल सुनारले तयार गर्नुभएको हो । 

भिडियोहरुमा दैलेखको सस्कृति, संम्पदा, प्रकृति, सावर र पेट्रोलियम पदार्थ अन्वेषणसँग सम्बन्धित भिडियोहरू राखिएको छ । यो अभियान मनघरी फाउन्डेशनको आयोजना तथा सोसेक नेपाल, दैलेखी सेवा समाजको प्रवद्र्धनमा सुरु गरिएको हो ।

प्रतिक्रिया