मेलमिलापकर्ताहरुका लागि पुनरताजगी तालिम

मेलमिलापकर्ताहरुका लागि पुनरताजगी तालिम

दैलेख – नारायण नगरपालिकाका न्यायिक समितिका पदाधिकारी र मेलमिलापकर्ताहरुका लागि दुई दिने पुनरताजगी तालिम दिइएको छ । न्यायिक समितिमा आउने विवादहरु नगरपालिकाका ११ वटै वडाका मेलमिलापहरुले मेलमिलाप गराउने सीप र ज्ञान बारे क्षमता विकास गर्न तालिम दिइएको बताइएको छ । 

तालिममा जिल्ला न्यायाधीश बलराम लम्साल, अधिवक्ता दिपेन्द्र थापा र दैलेखका प्रहरी इञ्चार्ज डीएसपी सुनिल न्यौपानले मेलमिलाप सम्वन्धी कानूनी व्यवस्था, विवादहरुमा मेलमिलापको फाइदा र मेलमिलापकर्ताको दायित्व विषयमा सहजीकरण गर्नुभएको थियो । 

समापन कार्यक्रममा नारायण नगरपालिकाका प्रमुख लोमन शर्माले न्यायिक समितिको समितिको कामलाई प्रभावकारिता बढाउने भएकोले मेलमिलापकर्ताहरुका लागि पुनरताजगी तालिम सञ्चालन गरिएको बताउदै गाउँसमाजका विवाद र बेमेललाई सामुदायिक रुपमा सुल्झाउन मेलमिलापकर्ताहरुलाई आग्रह गर्नुभयो । 
 

प्रतिक्रिया