मनसुनी वर्षाको सावधानी जरुरी

मनसुनी वर्षाको सावधानी जरुरी

दैलेख – जिल्ला विपद व्यवस्थापन समितिले मनसुनी वर्षाबाट हुनसक्ने क्षति बारे सचेतना र सावधानी जरुरी रहेको सरोकारवालाहरुले बताएका छन् । प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको अध्यक्षतामा आइतबार दैलेख सदरमुकाममा बसेको मनसुन पूवतयारी प्रतिकार्य बैठकमा उक्त विषयमा छलफल भएको हो । 

जिल्ला समन्वय समितिका प्रमुख नमराज शाहीले अघिल्ला वर्षहरुमा विपदको बेला सुरक्षित ठाउँमा सारिएकाहरु पुनः खतराजन्य स्थानहरुमा फर्किएका यस्तो अवस्थामा स्थानीय सरकारले प्रशासनले यस्तो लापरवाही गर्नेहरुलाई सचेत गराउन र विपद प्रतिकार्य नीति कडाईका साथ कार्यान्वयन गर्न आग्रह गर्नुभयो । 

बैठकमा जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी भुसालले स्थानीय सरकारले विपद प्रतिकार्यका योजना तयारी गर्नुपर्ने, समुदायमा सचेतता अपनाउनेपर्ने, मिडियाले विपदबाट जोगिने ज्ञान तथा सीप प्रचारमा ध्यान दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो । 

प्रतिक्रिया