काठमाण्डौ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा गएरातिदेखि वर्षा

काठमाण्डौ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा गएरातिदेखि वर्षा

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा गएरातिदेखि वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार गण्डकी, बाग्मती र कोशी प्रदेशको केही ठाउँमा वर्षा भइरहेको हो ।

पूर्वको कोशीमा भित्रिएको मनसुन हिजो बेलुकादेखि बल्ल मधेस प्रदेशको पूर्वी भागमा पुगेकोले अन्य ठाउँमा अहिले भइरहेको वर्षा प्रि–मनसुनकै प्रभाव रहेको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो ।

काठमाण्डौ उपत्यका र आसपासका क्षेत्रमा भइरहेको वर्षा केहीबेरमा रोकिने र आज बेलुका फेरी पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । 

प्रतिक्रिया