लिमीका किसानलाई उवा छर्ने चटारो

लिमीका किसानलाई उवा छर्ने चटारो तस्बिर : राजन रावत /हुम्ला

सिमकोट – नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीका तीन गाउँ यतिबेला उवा छर्ने चटारोमा छन्। वर्षमा एक बाली मात्रै पाक्ने लिमीमा यसवर्ष तिब्बती क्यालेण्डर अनुसार ढिलो गरि बाली लगाउदा बाली राम्रो हुने संकेत लिमीका स्थानीयले पाएपछि एक महिनापछि उवा छर्ने चटारो सुरु भएको हो।

लिमीका स्थानीय ख्याण्डप तामाङले गत वर्ष यतिबेलासम्म उवा छर्ने कार्य सम्पन्न भएको भएपनि यसवर्ष भरखर सुरु भएको बताए। यसो हुनुमा उनले तिब्बती क्यालेण्डरले मौसम परिवर्तनको कारण ढिलो गरि बाली लगाए राम्रो हुन्छ भन्ने जानकारी पाएपछि उवा छर्ने कार्य ढिलो गरिएको हो । त्यो उवा छर्ने कार्य पनि घोडाले जोतेर गरिन्छ। सदा झै यसवर्ष लिमीवासीले एक महिनापछि उवा छर्ने कार्य गरेको पाईएको हो। तर बाली कस्तो हुने हो भन्ने उनीहरुलाई यकिन भने छैन। तापक्रम भने बृद्धि भएको अनुभव सबैले गरेका छन्।

लिमीको हल्जी गाउँका छिरिङ तामाङले यतिबेला लिमीका किसानहरुलाई बारीमा उवा छर्ने चटारो सुरु भएको बताउनुभयो । उहाँले खेतीपातीको समय सुरु भएको कारण काठमाडौं र चीनको ताक्लाकोटमा काम गर्न गएका लिमीवासी समेत गाउँमा फिर्ता भएर उवा छर्ने कार्यमा ब्यस्थ्य भएको बताउनुभयो । लिमीका लागि उवा मुख्य बालीका रुपमा पर्छ।

उहाँले लिमीमा जग्गा जोत्नका लागि भने घोडालाई प्रयोग गरिने बताउदै एउटै घोडाले जोतेर उवा छर्ने कार्य पूरा हुने गरेको बताउनुभयो । जिल्लाका अन्य बस्तीमा यसरी घोडाले जोत्ने गरिदैन। लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले यस वर्ष एक महिना ढिलो गरि उवा छर्ने कार्य किसानले गर्नुमा मौसममा आएको परिवर्तन रहेको बताउनुभयो । यसअघि बैशाख महिनामा उवा छर्ने गरिन्थ्यो।

उहाँले तिब्बतीय पात्र हेर्दा एक महिना ढिलो गरि उवा छरे बाली राम्रो लाग्ने प्राविधिक सुझावका आधार ढिलो गरि छरिएको बताए। खाद्य बालीमा लिमीमा उवा बाली मात्र पाक्ने गर्छ। उहाँले लिमीका तीन गाउँ तील, हल्जी र जाङ गाउँका किसानलाई यतिबेला बिहानैबाट बेलुकासम्म उवा छर्ने चटारो भएको छ। किसानहरु एक महिना ढिलो गरि छरेको कारण केही ब्यक्ति अचम्मित पनि देखिएका छन्।

हिउँदमा हिउ निक्कै कम परेको कारण लिमीमा यसवर्ष गर्मी पनि बढेको छ। तापक्रम बढेको कारण पनि ढिलो उवा बाली छर्दा समय मै पाक्ने बिस्वास उहाँले गर्नुभएको छ । अर्को कुरा खेतीपातीको समय सुरु भएको कारण घरपरिवारका सदस्यहरु सबै जम्मा भएको कारण खुसीयाली समेत गर्ने गरिन्छ। गत कार्तिक महिनामा लिमी छोडेर हिडेका स्थायीय यतिबेला गाउँमा फिर्ता हुनु भएको हो। उक्त बाली लिमीमा वर्षमा एक पटक मात्र पाक्ने गर्छ। उवा भने लिमीको जग्गामा राम्रो फल्ने गर्छ। सिचाईको सुबिधा पनि राम्रै भएको कारण वाली राम्रो हुनुको कारण हो।

प्रतिक्रिया