युवा मानव अधिकार सवाल

युवा मानव अधिकार सवाल

दैलेख – कर्णाली प्रदेशका १० जिल्लामा मानव अधिकार तथा सामाजिक न्याय परियोजना सञ्चालन भएको छ । एईआईएन लक्जेम्बरको सहयोगमा रोयल नेपालले सञ्चालन गर्ने यो परियोजनाले युवाहरुलाई सत्मार्गमा लाग्न प्रेरित गर्ने कार्यक्रम संयोजक सन्तोष बिकले जानकारी दिनुभयो । 

मानव अधिकार तथा सामाजिक न्याय परियोजनाले हरेक जिल्लामा युवा मानव अधिकार सवालमा पैरबी गर्न युवा मानव अधिकार सञ्जाल गठन गर्ने कार्यका लागि दैलेखमा सरोकारवालासंगको अन्तरक्रियाबाट सञ्जालमा समेटिने युवाहरुको सम्भावित नामावली तयार पारिएको छ । 

जिल्लास्तरमा गठन गरिने युवा मानव अधिकार सञ्जाललाई सामुदायमा रचनात्मक काम गर्न, गुणस्तरीय शिक्षा, भेदभाव रहित सामाजिक अभ्यास र युवाहरुको आत्मसम्मान विषयमा ज्ञान, सीप दिइने कार्यसूची सहित असार ६ गते युवा सम्मेलन गरिने कार्यक्रम संयोजक बिकले बताउनुभयो ।
 

प्रतिक्रिया