रेडक्रस बारे प्रचार जरुरी

रेडक्रस बारे प्रचार जरुरी

दैलेख – नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय महासचिव भूपिलाल श्रेष्ठले रेडक्रसको पवित्र कार्यबारे प्रचारप्रसार गर्न युवाहरुमा मानवताको भावना विकास गर्न युवा सर्कलहरुको महत्वपूर्ण भूमिका रहने बताउनुभएको छ । जुनियर तथा जुनियर रेडक्रस सर्कलमा आवद्ध युवाहरुका लागि साइबर अपराध र जलवायु परिवर्तनको असर सवालको तालिम समापन कार्यक्रममा उहाँले सो विचार राख्नुभएको हो । 

तालिम उद्घाटन कार्यक्रममा दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बढ्दो विद्युतीय उपकरण र सूचना प्रविधिको प्रयोगमा दुरुपयोग हुने अवस्थाबाट जोगिन र उचित उपयोगिताबाट फाइदा लिई व्यक्तित्व विकासमा ख्याल पु¥याउन युवाहरुसंग आग्रह गर्नुभयो । 

तालिममा दैलेखका प्रहरी प्रमुख डीएसपी सुनिल दाहाल, नेपाल रेडक्रस साइसाइटीका केन्द्रीय सदस्य भेषराज थापा, जिल्ला सभापति निर्जनकुमार खत्री, रेडक्रस केन्द्रीय कार्यालयका उपनिर्देशक लिला खनाल, जुनियर तथा जुनियर रेडक्रस सर्कलका जिल्ला अध्यक्ष गीता कोइराला समेतले युवाहरुका लागि साइबर अपराध र जलवायु परिवर्तनको असर बारे सचेतना अपनाउनुपर्ने विषयमा प्रकाश पार्नुभएको थियो । 
 

प्रतिक्रिया