सुर्तीजन्य पद्धार्थ नियमन कडाई गरिने

सुर्तीजन्य पद्धार्थ नियमन कडाई गरिने

दैलेख – नारायण नगरपालिकाका उपमेयर तप्ताकुमारी थापाले धुम्रपान तथा सुर्तीजन्य पदार्थ रोकथाम तथा नियन्त्रण सवालमा आगामी नगरसभामा कडाई गर्ने नीति ल्याउने प्रतिवद्धता जनाउनुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा आउटरिच मिडियाले दैलेखमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा यस्तो प्रतिवद्धता जनाउनुभएको हो । 

स्वास्थ्य सेवा कार्यालय दैलखका प्रमुख डा. धर्मराज रेग्मी, आउटरिच मिडियाका प्रवन्ध निर्देशक कल्पना आचार्य र नारायण क्याम्पसका उपप्राध्यापक कृष्णप्रसाद देवकोटाले धुम्रपान तथा सुर्तीजन्य पदार्थ रोकथाम तथा नियन्त्रण विषयमा ऐन, नियमसंगै नागरिक समाजको भूमिका विषयमा प्रकाश पार्नुभएको थियो । 

कार्यक्रममा दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, दैलेख उद्योग बाणिज्य संघका उपाध्यक्ष राजेश हमाल, नेपाल पत्रकार महासंघका जिल्ला कोषाध्यक्ष तीर्थ भण्डारी लगायतले धुम्रपान तथा सुर्तीजन्य पदार्थ रोकथाम तथा नियन्त्रण सरकारको नीति तथा कार्यान्वयन सवालमा धारणा राख्नुभएको थियो । 
 

प्रतिक्रिया