वडाध्यक्ष पुरीद्वारा दान दिने बचन

वडाध्यक्ष पुरीद्वारा दान दिने बचन

दैलेख – सहारा विहीनहरुको लागि जीवनरक्षाको क्षेत्रमा काम गर्दै आएको मानव सेवा आश्रमको कामको प्रशंसा भएको छ । मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीको उपस्थितिमा दैलेखका स्थानीय सरकार प्रमुखहरुसंगको अन्तरक्रिया कार्यक्रममा उक्त संस्थाको प्रशंसा भएको हो । 

जिल्ला समन्वय समितिका प्रमुख नवराज शाहीले मानसिक सन्तुलन गुमाएका, परिवारबाट परित्यक्त ज्येष्ठ नागरिक, सहारा विहीन बालबालिका लगायतको जीवन रक्षामा काम गर्दै आएको मानव सेवा आश्रमको सेवामा सहायता गर्न स्थानीय सरकारहरुलाई आग्रह गर्नुभयो । 

मानव सेवा आश्रमले ७ वटै प्रदेशका १९ स्थानमा सहारा विहीनहरुको लागि जीवनरक्षा काम गर्दै आएको छ । मानव सेवा आश्रमको सुर्खेत कार्यालय पुगेर सेवाको प्रभावकारिता जानकारी लिनुभएका दुल्लू नगरपालिका–१० का वडाध्यक्ष दिपेन्द्र पुरीले एक महिनाको सुविधा मानव सेवा आश्रमलाई दान दिने बचन दिनुभयो । 
 

प्रतिक्रिया