सुर्खेतको वीरेन्द्रनगरमा  इनार सफा गर्नेक्रममा दुई जनाको मृत्यु

सुर्खेतको वीरेन्द्रनगरमा  इनार सफा गर्नेक्रममा दुई जनाको मृत्यु

काठमाडौँ -  सुर्खेतको वीरेन्द्रनगरमा  इनार सफा गर्नेक्रममा दुई जनाको मृत्यु भएको छ।

वीरेन्द्रनगर नगरपालिका-११ पिपिरामा तोरण विकको घर आँगनमा इनार सफा गर्नेक्रममा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी वीरेन्द्रविर विश्वकर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार सोमबार अपराह्न ४:२४ बजे इनार खन्नेक्रममा निस्सासिएर दुई जना बेहोस भएका थिए। 

३२ वर्षीय विदुप्रसाद रेग्मी र ३१ वर्षीय लक्ष्मी कँडेल बेहोस भएपछि कर्णाली प्रदेश अस्पताल लगिएको थियो। तर अस्पताल पुर्‍याउन बित्तिकै चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेको हो। शव अस्पतालमा राखिएको छ।

प्रतिक्रिया