हेल्थ अस मेडिकल सेन्टरले प्रहरीलाई स्टेचर सहयोग

हेल्थ अस मेडिकल सेन्टरले प्रहरीलाई स्टेचर सहयोग फाइल तस्बिर

सिमकोट – हेल्थ अस मेडिकल सेन्टरले प्रहरीलाई स्टेचर सहयोग गरेको छ। स्वास्थ्य क्षेत्रमा सामाजिक सेवाभावको काम गर्दै आएको सेन्टर प्रहरीको मागको आधारमा स्टेचर सहयोग गरेको हो।

सदरमुकाम सिमकोटस्थित सेन्टरमै कार्यक्रम आयोजना गरी सेन्टरले जिल्ला प्रहरी कार्यालय र माथिल्लो बजारमा रहेको प्रहरी बिटलाई स्टेचर सहयोग गरिएको सेन्टरका प्रमुख नारायण फडेराले बताउनुभयो ।

यसअघि आकस्मिक घटनामा प्रहरीले बिरामी तथा घाईतेका उद्धार गर्न स्टेचर नभएर समस्या भएको जनाउदै आएको थियो । प्रहरीको सो समस्या समाधान गर्ने सेन्टरले प्रतिबद्धता जनाएअनुसार हाल स्टेचर प्रदान गरेको हो ।

प्रहरीले आफूसँग हाल भएको स्टेचर पुरानो भई सकेको कारण बिरामी तथा घाईतको उद्धार गर्न समस्या भई रहेको बेला नयाँ स्टेचर पाए पनि उक्त काम गर्न सहज हुने जनाएको छ। स्टेचर सेन्टरका सल्लाहकार समितिका संयोजक राजन रावतले प्रहरी नायव उपरीक्षक रबिन्द्र खनाललाई हस्तान्तरण गर्नुभएको थियो । सेन्टरले स्वास्थ्य संस्थालाई पनि औषधि तथा उपकरण सहयोग गर्दै आएको छ।

प्रतिक्रिया