कर्णालीका सडकमा पर्याप्त बजेट नछुट्याए संसद् भवन घेराउ गछौँ : सांसद थानी
काठमाडौँ - नेपाली कांग्रेसका सांसद हृदयराम थानीले कर्णाली प्रदेशमा सडक निर्माणका लागि बजेट नछुट्याए संसद् भवन घेराउ गर्ने चेतावनी दिनुभएको छ ।
मङ्गलवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद थानीले सरकारले कर्णाली प्रदेशका विभिन्न सडकहरू स्तरोन्नतिका लागि बजेट नछुट्याएको भन्दै आपत्ति जानउनुभयो ।
सांसद थानीले कर्णाली प्रदेशका राजमार्गहरू मृत्यु राजमार्ग बनेका बताउनुभयो । सरकारले यसैगरी कर्णाली प्रदेशलाई उपेक्षा गरेमा कर्णाली प्रदेशका सांसदहरूले संसद् भवन घेराउ गर्ने चेतावनी उहाँले दिनुभयो ।
सांसद थानीले कर्णाली प्रदेशमा गाडीले मान्छे नबोकी मान्छेले गाडी बोकेर हिँड्नुपर्ने अवस्था रहेको बताउनुभयो ।
प्रतिक्रिया