कर्णालीका सडकमा पर्याप्त बजेट नछुट्याए संसद् भवन घेराउ गछौँ : सांसद थानी

कर्णालीका सडकमा पर्याप्त बजेट नछुट्याए संसद् भवन घेराउ गछौँ : सांसद थानी

काठमाडौँ -   नेपाली कांग्रेसका सांसद हृदयराम थानीले कर्णाली प्रदेशमा सडक निर्माणका लागि बजेट नछुट्याए संसद् भवन घेराउ गर्ने चेतावनी दिनुभएको छ  ।

 मङ्गलवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद थानीले सरकारले कर्णाली प्रदेशका विभिन्न सडकहरू स्तरोन्नतिका लागि बजेट नछुट्याएको भन्दै आपत्ति जानउनुभयो  । 

सांसद थानीले कर्णाली प्रदेशका राजमार्गहरू मृत्यु राजमार्ग बनेका बताउनुभयो । सरकारले यसैगरी कर्णाली प्रदेशलाई उपेक्षा गरेमा कर्णाली प्रदेशका सांसदहरूले संसद् भवन घेराउ गर्ने चेतावनी उहाँले दिनुभयो  ।

सांसद थानीले कर्णाली प्रदेशमा गाडीले मान्छे नबोकी मान्छेले गाडी बोकेर हिँड्नुपर्ने अवस्था रहेको बताउनुभयो  । 

प्रतिक्रिया