संघीय संसद भवनमा प्रहरी जवानले आफैँमाथि गोली चलाएर गरे आत्महत्या

संघीय संसद भवनमा प्रहरी जवानले आफैँमाथि गोली चलाएर गरे आत्महत्या

काठमाडौँ -    संघीय संसद भवनमा नेपाल प्रहरीका एक जना जवानले आफैँमाथि गोली चलाएर  आत्महत्या गरेका छन् । नयाँ बानेश्वरस्थित् संघीय संसद भवनभित्र प्रहरीका ती जवानले शौचालयमा आफैँलाई गोली हानेका हुन् ।

नेपाल प्रहरीको हेडक्वाटरबाट खटाइएको स्पेशल टाक्स फोर्समा कार्यरत २२ वर्षीय प्रहरी जवान अजित गोलेले संघीय संसद भवनको दुई नम्बर गेटको शौचालयमा आफैँमाथि गोली हानेका हुन् । आज बिहान ६ बजेदेखि ड्युटीमा रहेका अजितले शौचालयभित्र गएर पेस्तोलले आफ्नो निधारमा गोली हानेका थिए ।

उनी बिहान ड्युटीमा रहेको र सोही क्रममा उनले शौचालयमा गएर आफूले बोकेको पेस्तोल आफूमाथि प्रहार गरेका हुन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । किन आफैँलाई गोली हाने भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया