कर्णालीका खेलाडीले ८औँ एशीयाली कराते प्रतियोगीतामा २स्वर्ण १ रजत पदक प्राप्त

कर्णालीका खेलाडीले ८औँ एशीयाली कराते प्रतियोगीतामा २स्वर्ण १ रजत पदक प्राप्त

काठमाडौँ -   भारतमा भएको ८औँ एशीयाली कराते प्रतियोगीतामा कर्णाली प्रदेशका  खेलाडी राष्ट्रिय टिमबाट प्रतिनिधित्व गर्दै २स्वर्ण १ रजत पदक प्राप्त गर्नुभएको छ ।  
भारतको पुनामा भएको प्रतियोगीतामा  सिनियर प्लस ं८४केजी तौल समुह अन्तर्गत कुमिते बिधामा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ का समिर खत्रीले एक स्वर्णपक प्राप्त गर्नुभएको थियो  ।

 त्यस्तै सिनियर माइनस ८४ केजी तौल समुह अन्तर्गत कुमिते बिधामा सुर्खेतको वीरन्द्रनगर नगरपालिका वडा नम्बर ४ का प्रकाश खड्काले रजतपदक प्राप्त गर्नुभयो   । 
  
त्यस्तै भेतरानस् यु४० उमेर समुह अन्तर्गत कालिकोटका प्रेम सिंह ले स्वर्णपदक ल्याएको प्रकाश खड्काले जानकारी दिनुभयो  । उहाँका अनुसार अन्य पदक सहित नेपालले एशियाकै टिम दोस्रो स्थान हासिल गर्न सफल भएको छ। 

प्रतिक्रिया