न्यूरोडलाई सवारी निषेध क्षेत्र बनाउन लागेको भन्दै स्थानीयले गरे विरोध प्रदर्शन

न्यूरोडलाई सवारी निषेध क्षेत्र बनाउन लागेको भन्दै स्थानीयले गरे विरोध प्रदर्शन

काठमाडौं -    काठमाडौँको न्यूरोड क्षेत्रलाई काठमाडौं महानगरले सवारी निषेध क्षेत्र बनाउन लागेको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन् ।

नेपालकै ऐतिहासिक महत्व बोकेको न्युरोड क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउन नहुने उनीहरूको भनाइ छ । महानगरले आफ्नो नीति तथा कार्यक्रममा न्यूरोड क्षेत्रलाई नो भेहिकल जोन बनाउने प्रस्ताव राखिएकाले विरोध गर्नुपरेको स्थानीयको भनाइ छ ।

स्थानीय वासिन्दा मदनकुमार कार्कीले महानगरले गरेको प्रस्ताव व्यवहारिक नभएको र स्थानीयको भावनाविरोधी रहेको बताउनुभयो  । स्थानीय बासिन्दाको सम्पति छाडेर नेपालको पहिलो पिच गरिएको बाटो निर्माण गरिएको भन्दै उनले यसलाई मास्न नहुने धारणा राखे ।

त्यस्तै स्थानीय शैलेशरत्न शाक्यले स्थानीयको आवाजलाई दबाएर महानगरले जबर्जस्त कुनै काम गर्न नपाउने बताउनुभयो  । ऐतिहासिक स्थानलाई ‘नो भेहिकल जोन’ बनाउने कुराको विरोध हुनु स्वाभाविक रहेको उहाँको जिकिर छ ।

अर्का स्थानीय कोमल तुलाधरले न्यूरोड क्षेत्रलाई नो भेहिकल जोन बनाउदा यस क्षेत्रको व्यापार व्यवसाय ठप्प हुने र स्थानीय विरामीका साथै समस्या हुँदा असर पर्ने भएकाले विरोध जनाएको बताउनुभयो  ।

स्थानीयहरुले भेहिकल फ्रि जोन धोका हो, हामी मान्दैनौं, न्यूरोडमा गाडी जीवनको सामान्य आवश्यकता हो, सेभ न्यूरोडलगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया