नेपाली कांग्रेसले बोलायो संसदीय दलको बैठक

नेपाली कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौँ -   प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । कांग्रेसले संघीय संसद् भवनको ल्होत्से हलमा असार ७ गते दिउँसो ३ बजे दलको बैठक बोलाएको हो ।

त्यसअघि दिउँसो २ बजे संसदीय दलका नेता शेरबहादुर देउवाको कार्यकक्षमा दलको कार्यसमितिको बैठक बस्ने छ । प्रमुख सचेतक रमेश लेखकले बैठकमा बजेट लगायतका विषयमा छलफल हुने बताउनुभयो  ।

प्रतिक्रिया