कोसीमा भारी वर्षाको पनि सम्भावना

कोसीमा भारी वर्षाको पनि सम्भावना

काठमाडौँ -   हाल (बुधबार साँझ ६ बजे) कोसी र मधेस प्रदेशमा पूर्णतया बदली, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली (आकाश बादलले ढाकेको) छ भने देशका बाँकी स्थानमा आंशिक बदली (पातलो बादल) देखि मुख्यतया सफा (आकाश खुला) छ।

कोसी, बागमती र गण्डकी प्रदेशका थोरै तथा सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार राति पनि कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली रही देशका बाँकी ठाउँमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। 

यस क्रममा कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थान, मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै कोसी प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।  

यसैबीच आज राति काठमाडौँ उपत्यकामा पनि पानी पर्ने सम्भावना छ। महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा मेघगर्जनरचट्याङसहित वर्षा हुने सम्भावना ६० प्रतिशत छ। 

महाशाखाका अनुसार हाल देशको पूर्वी भेगमा मनसुनी प्रणालीको प्रभाव छ भने बाँकी स्थानमा स्थानीय वायु तथा भारतको बिहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव छ।

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटर मुनि पानी पर्‍यो भने  हल्का, यसभन्दा माथि ५० मिलिमिटरभन्दा मुनि पानी पर्‍यो भने मध्यम तथा ५० मिलिमिटरभन्दा माथि तर १०० मिलिमिटरभन्दा मुनि पानी पर्‍यो भने भारी वर्षा भनिन्छ। 

मौसम महाशाखाले राति भन्नाले भोलि बिहीबार बिहान ६ बजेसम्मको अवधिलाई मानेको छ।

प्रतिक्रिया