रुकुमको त्रिवेणीले ल्यायो ५८ करोड बढीको बजेट

रुकुमको त्रिवेणीले ल्यायो ५८ करोड बढीको बजेट

रुकुमपश्चिम -  रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को बजेट लाएको छ । ११ औं गाउँ सभामा शुक्रबार गाउँपालिका उपाध्यक्ष राजकुमारी रेउलेले ५८ करोड २३ लाख १३ हजार रुपैयाँको बजेट प्रस्तुत गर्नुभयो ।

कुल विनियोजन बजेट मध्ये  चालुतर्फ  ३७ करोड १४ लाख १३ हजार अर्थात ६८.६८ प्रतिशत बजेट विनियोजन गर्नुभएको हो ।त्यस्तै पुँजीगततर्फ २१ करोड ६ लाख  अर्थात ३६.३२ प्रतिशत बजेट विनियोजन गरिएको छ । 

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोत मध्य आन्तरिक राजस्वबाट १ करोड, संघीय सरकार वित्तीय समानिकरणबाट ८ करोड ८८ लाख, संघीय सशर्तबाट २६ करोड ८८ लाख  रुपैया प्राप्त भएको छ ।

त्यस्तै संघीय विशेषतर्फ २ करोड ५० लाख, संघीय सरकार राजस्व बाँडफाँडबाट ८ करोड ३८ लाख, कर्णाली प्रदेश सरकार वित्तीय समानिकरणबाट ९३ लाख ३३ हजार, प्रदेश सरकार सशर्त अनुदान ५ करोड २ लाख ८३ हजार, प्रदेश सरकार समपुरक २ करोड २५ लाख, प्रदेश सरकार विशेषतर्फ १ करोड २० लाख, प्रदेश सरकार राजस्व बाँडफाँडबाट ९ लाख ५ हजार ९ सय ८९ रुपैयाँ  प्राप्त भएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा  खर्च नभइ बचत हुने १ करोड ८ लाख ९१ हजार ११ रुपैयाँ प्रक्षेपण गरिएको छ । गाउँपालिकाले आर्थिक वर्ष२०८१/०८२ को नीति तथा कार्यक्रम पनि आजै प्रस्तुत गरेको हो । सभामा गाउँपालिका अध्यक्ष गणेशकुमार केसीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । नीति तथा कार्यक्रम र बजेट आजै सभाबाट पारित भएको गाउँपालिकाले जनाएको छ ।

जिल्ला समन्वय समितिकी प्रमुख लुम्बिनी गौतमको प्रमुख आतिथ्यतामा भएको गाउँ सभामा कार्यपालिका सदस्य, पुर्व जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, कर्मचारी लगायतको उपस्थित रहेको थियो । कार्यक्रमको सहजीकरण सभा सचिव प्रेमबहादुर घर्तीले गर्नुभएको थियो ।

प्रतिक्रिया