यो वर्ष सिमी उत्पादन घट्ने चिन्तामा जुम्ली किसान

यो वर्ष सिमी उत्पादन घट्ने चिन्तामा जुम्ली किसान

काठमाडौँ - अहिले पनि कतिलाई चुम्ली सिमी नभएपछि खाना रुझ्दैन । ‘दालमा मिसाएर फतक्क हुने सिमी त जुम्लाकै मीठो ! दालै खाने जुम्ली सिमी त झन गजव स्वादिलो।’ स्वाद पाएका सबैका लागि प्रिय बनिरहेको जुम्ली सिमी सहरी भान्सासम्म ग्राहक तान्ने मेसो बनिरहेको छ।  तर, लामो समयसम्म परेको खडेरीका कारण पानी नपरेपछि कृषक भने उत्पादन घट्ने पीरदे चिन्तित भएका छन् । हातलाई निधारमा लगाउदै जुम्लाको तिला गाउँपालिका ८ का पुरुका नर बहादुर राना चिन्तित देखिनुहुन्छ  । घरी बारीतिर र घरि आकासतिर हेर्ने उहाँलाई यो वर्ष समयमै पानी नआउँदा लगायतसिमि खेती सुक्न थालेकोमा पीर परेको छ । 

करिब एक रोपनी जग्गामा उनले सिमी खेती लगायका छन् । वैशाखमा एक रोपनी जग्गामा सिमीको बिउ छरिसकेका छन् । तर, पहिले समयमै पानी पर्ने भएता पनि यो वर्ष लामो खडेरीका कारण सिमीको बिउ सुक्न थालेपछि उनी चिन्तित भएको राना बताउनुहुन्छ  ।

समयमै पानी नआएर गडा खाली भइसेका छन्, उहाँले भन्नुभयोे, पानी आए त यहाँ राम्रै सिमि फल्थे । गत वर्ष पाँच क्वीन्टल सिमि उत्पादन भएका थिए ।’

 पहिले समयमै पानी आउँदा सिमी पनि राम्रो उत्पादन हुन्थ्यो तर, यो वर्ष खडेरीका कारण सिमी उत्पादन नहुने चिन्ताले कृषकलाई पिरोल्न थालेको छ । पहिलेका वर्षहरुमा पानी सममै आउँदा सिमीलाई राहत हुन्थ्यो तर,यो वर्षको खडेरीले सिमी उत्पादन घट्ने होकि भन्नेमा यहाँका किसान चिन्तित छन् ।  कृषकहरुले वैशाखमा लगाएको सिमी असोज महिनामा निकालेर र अर्को असार महिनामा लगायर कार्तिकमा निकाल्ने गरेको कृषक राना बताउनुहुनछ । 

पहिले उत्पादन पनि राम्रै हुन्थ्यो । तर, सिमीकमै मात्र लगाउने यहाँका किसान सिमीको माग गाउँ शहर हुँदै बिदेशसम्म माग बढेपछि उत्साहित भएका छन् । पहिले बाटोको सहज पहुँच नभएका हुनाले बेच्न नसकिने भएका हुनाले पनि कमै मात्र सिमि लगाउथ्यौँ । त्यो समयमा पर्याप्त पानी आउँथ्यो । त्योबेला चासो कम हुँदा सिमीकमै लगाउँथ्यौँ । अहिले चासो बढ्यो सिमिको माग पनि बढ्यो तर,सिमीपनि लगाउँन थाल्यौँ पर्याप्त पानी नआउनाले उत्पादन घट्ने किसानमा चिन्ता छ । अहिले गाउँमा सिमि प्रतिकेजी २२० देखि २३० सम्म गत वर्ष राम्रै सिमित उत्पादन भएको थियो ।

खडेरीका कारण गाउँमा पानीको हाहाकार 

पहिले अत्यधिक मात्रामा हिउँ परेर माघ महिनासम्मै रहन्थ्यो र  धेरै हिउँ परेपछि चैत्र वैशाखसम्म खडेरी पर्दैन थियो । डाडा र गहिरो खोलाका ठाउँहरुमा अहिलेसम्म हिउँ देख्न पाइन्थ्यो,तर,अहिले अहिले त्यो देख्न नपाइएको रानाले बताउनुभयो ।  अहिले पानीका मुहान पनि सुक्दै जादा पानीको समेत हाहाकार  भएको छ,उनले भने,अहिले गाउँमा पानीको हाहाकार भएको छ । मुहानसमेत सुक्दै गएका छन् । अहिले त माघ महिनामा समेत हिउँ देख्न पाइएन ।’

स्याउदेखि मार्सी चामल, कोदोको पिठो, आलु, कागुनो, मह हुँदै ओखर र सिमीसम्म सहर चर्चामा आइपुगेका उत्पादन खाद्यान्न पसलदेखि अनलाइन किनमेलमा समेत रोजाइँमा पर्दै गएको बेला लामोसमयको खडेरीले उत्पादनमा ह्रास ल्याउनेपो होकि भन्ने यहाँका कृषकको ठुलो चिन्ता छ । 
जुम्ला र कालिकोटमा रातो लामोसिमी, कालो लामो सिमी, राते किरबिरेरमाले सिमी, कलेजी सिमी, पहेँलो बेसारी सिमी, सेतोकिरबिरे सिमी, कालो मसिनोरसानो सिमी, खैरो सिमी, खैरो छिर्के सिमी, रातो सानो छिर्के सिमी र रातो सानो सिमी उत्पादन हुन्छ । 

किसानको सिमीप्रतिको लगावकै कारण प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन इकाई जुम्लाले यस क्षेत्रलाई सिमी जोनका रुपमा अघि बढाएको छ । 

तिलागुफा र तिलामा सिमी जोन 

व्यावसायिक रुपमा सिमी खेती गरेर किसानलाई आर्थिक रुपमा आत्मनिर्भर बनाएर जनजीविका सहज बनाउन लागि परेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई जुम्लाका कार्यालय प्रमुख एवम कृषि अधिकृत खेमराज शाहीले बताउनुभयो ।

अहिले जुम्ला र कालिकोट गरी दुइवटा जिल्लामा परियोजना संचालनमा रहेको छ । जुम्लाको तिला गाउँपालिका वडा नम्बर १,२ र ८, ९ नम्बर वडा र कालिकोटको तिलागुफा नगरपालिका १ देखि ५ नम्बर वडामा परियोजना संचालनमा रहेको शाहीले बताउनुभयो  । 

उहाँका अनुसार कालिकोटमाकार्यक्रम संचालनको दोस्रो वर्ष र तिलागुफामा तेस्रो वर्षमा रहेको छ । यहाँ रहेको सिमीको रैथाने पुरानो र नयाँ जातलाई उत्पादन वृद्धि गर्नु मुख्य उद्ेश्य रहेको उहाँले बताउनुभयो   ।

बजारिकरण गर्नका लागि र कृषकहरुलाई उत्साहित बनाउने प्रोत्साहन दिने सिमी जोनको मुख्य उदेश्य हो,अधिकृत शाहीले भन्नुभयोे,  ‘दुइवटा सिमी जोनको हकमा२०७८÷७९ मा कालिकोटको तिलागुफा नगरपालिका १ देखि ४ नम्बर वडार २०७९÷ ८० मा जुम्लाको तिला गाउँपालिका सिमी जोन कार्यक्रम संचालन गरिएको थियो  ।’

सोही सन्र्दभमा सिमि जोन कार्यक्रमका लागि १३ वटा फर्म छनौट भएका छन् । सिमी जोनका लागि जुम्ला र कालिकोट गरी करिब ६५ वटा फर्मले प्रस्ताव पेश गरेकामध्य १३ वटा छनौट गरिएको शाहीले जानकारी दिनुभयो   ।

सिमीजोन कार्यक्रमका लागि कालिकोट र जुम्ला गरि करिब ६५ जनाले प्रस्ताव पेश गर्नुभएको थियो,उहाँले भन्नुभयो,जस्मा गत वर्ष पाएकाहरु इो पटक छनौटमा परेका छैनन् । यस वर्ष हामीले नयाँ कृषकलाई छनौट गरेका छौँ ।’

सिमीजोनका लागि सरकारले करिब २० लाख छुट्याएको छ  । परियोजनाले मुख्यतः अहिले कृषि क्षेत्र अन्र्तगत क्षेत्र बिस्तारलाई न्यूनिकरण गर्दै भएको उत्पादनलाई जोड दिने  र उत्पादित बस्तुलाई ग्रेडिङ, प्याकेजिङ र बजारिकरण प्रर्बद्धनमा जोड गर्दै औजार र यान्त्रिकरणमा जोड दिएको शाहीले बताउनुभयो   । 

अधिकृत शाहीका अनुसार उत्पादनको हकमा सिमी २०७९÷०८० म २७२ मेट्रिक टन सिमी उत्पादन भएको थियो भने गत वर्षको डेटामा २७२ मेट्रिक टन उत्पादन भएको थियो । पहिले भन्दा गत वर्ष केही बढी वर्षा हुँदा रोग किराले आक्रमण गर्दा उत्पादन घटेको थियो । भने विगत भन्दा सिमी उत्पादनका लागि क्षेत्रफल बढ्दो क्रममा रहेको छ ।

 गत वर्ष बढी वर्षा भएर उत्पादनमा ग्रिरावत आएको शाहीले बताउनुभयो   । वर्षेनी क्षेत्रफल बिस्तार बढ्दो क्रममा रहेको छ,उहाँले भन्नुभयो, ‘वर्षेनी क्षेत्रफल बिस्तार बढ्दो क्रममा रहेको छ । बिउ, मल र बजारिकरकण सामाग्रिहरु, र ग्रेडिङमा अनुदान भएपछि कृषकहरु आकर्षिक रहेका छन् ।’
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्र्तगत जुम्ला र कालिकोटमा सिमीजोन परियोजना सहित चारवटा कार्यक्रम रहेका छन् । २०७३÷०७४ बाटस्याउ सुपरजोनसंचालन गरिएको छ  । त्यस्तै कालिकोट र जुम्लामा दुइवटा सिमि जोन कार्यक्रम संचालन भएका छन्  । 

त्यस्तै २०७५÷७६ मास्याउ सुपरजोन जुम्लामा र कालिकोटको रास्कोट नगरपालिकामा स्याउ जोन कार्यक्रम संचालन भएको शाही बताउँनुहुन्छ । 

यो वर्ष आलु जोन कार्यक्रमका लागि पनि बजेट माग गरेर स्वीकृत भएर कार्यक्रम पनि स्वीकृत भइसेको र यो वर्षबाट आलु जोन कार्यक्रम समेत संचालन हुने भएको छ । 

प्रतिक्रिया