तनहुँको डुम्रे र लमजुङको बेंसीसहर जोड्ने सडक पहिरोका कारण अवरुद्ध

तनहुँको डुम्रे र लमजुङको बेंसीसहर जोड्ने सडक पहिरोका कारण अवरुद्ध फाइल तस्बिर

तनहुँ – तनहुँको डुम्रे र लमजुङको बेंसीसहर जोड्ने सडक पहिरोका कारण अवरुद्ध भएको छ । रातिदेखि परेको पानीले पहिरो खस्दा सडक बन्द भएको हो । बेँसीसहर नगरपालिका–१ दलालमा आज बिहान पहिरो खसेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक थानेश्वर चपाईँले पानी परिरहेको र पहिरो पनि निरन्तर खसिरहेकाले सडक खुलाउन केही समय लाग्ने बताउनुभयो । 

सडक अवरुद्ध भएपछि लमजुङबाट पोखरा, चितवन, भैरहवा र काठमाण्डौ आउनेजाने यात्रु र गाडी बाटोमै रोकिएका छन् । यसअघि असार ४ गते पनि पहिरो खस्दा यो सडक अवरुद्ध भएको थियो ।

प्रतिक्रिया