उत्कृष्ट कृषक पुरस्कारबाट ६ जना कृषक सम्मानित

उत्कृष्ट कृषक पुरस्कारबाट ६ जना कृषक सम्मानित

सल्यान -  सल्यानको त्रिवेणी गाउँपालिकाले उत्कृष्ट कृषकलाई नगद पुरस्कार सहित सम्मान गरेको छ । शनिबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष उत्कृष्ट कृषक पुरस्कारबाट ६ जना कृषकलाई सम्मानित गरेको हो । 

पुरस्कृत हुनेमा गण्डकी बहुउश्यीय कृष फर्मका सञ्चालक दिपमाला लुलाधर, हरियाली कृषि तथा पशुपंछी फर्मका सञ्चालक निर्मला कठायत, जयलक्ष्मी भैसीपालन र्फकका प्रकाश कुमार वली, बुढाथोकी माछापालन उद्योगका निमा केसी, जानकाी खाद्यन्न कृषक समूहका मैती घर्ती र भण्डारी तरकारी फर्मका युवराज भण्डारी रहनु भएको छ । सम्मानित ६ जनालाई २० हजार नगद पुरस्कार सहित कदरपत्रले सम्मानित गरेको त्रिवेणी गाउँपालिका पशु सेवा शाखा प्रमुख वसन्त रावतले जानकारी दिनुभयो ।

गाउँपालिकाले व्यवसायिक कृषिमा सक्रिय रहेका कृषकलाई सार्वजनिक सूचना जारी गरी आवेदन मागेर स्थलगत रुपमा अनुगमन गरी छनोट गर्ने गरेको उहाँको भनाई छ । 

राष्ट्र समृद्धि र आर्थिक उन्नतीको क्षेत्रमा राम्रो काम गर्नेलाई गाउँपालिकाले सम्मान गर्र्दै आइरहेको गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले बताउनु भयो । उहाँले राम्रो काम गर्नेलाई सम्मान गर्दा उनीहरुलाई थप आत्मबल बढ्ने र काममा निरन्तर लाग्न प्रोत्साहन मिल्ले बताउनु भयो । 

कृषकको अनुदान गाउँपालिकाको अनुदान कार्यक्रम 

त्रिवेणी गाउँपालिकाले सञ्चालन गर्दै आइरहेको कृषकको अनुदान गाउँपालिकाको अनुदान कार्यक्रमबाट ५ सहकारी सहित १२ किसानलाई अनुदान वितरण गरेको छ ।  कृषि तर्फ १ सहकारी र १२ कृषक र पशु सेवा तर्फ ४ सहकारीलाई अनुदान वितरण गरिएको हो ।

 त्रिवेणी गाउँपालिकामा चालु आ। वमा कृष तर्फ ३ हजार ८८७ क्विन्टल ताजा तरकारी बिक्रीबाट १ करोड १६ लाख ५७ हजार ९९५ रुपैयाँ र पशु पालन तर्फबाट २ करोड ३६ लाख ३० हजार ६ सय २९ रुपैयाँ भित्र्याएका छन् । 

प्रतिक्रिया