संसदका कर्मचारीको माग वार्ताबाट छिटो समाधान हुनुपर्छ : अध्यक्ष ओली

संसदका कर्मचारीको माग वार्ताबाट छिटो समाधान हुनुपर्छ : अध्यक्ष  ओली

काठमाडौं -   नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीय संसद सचिवालयका कर्मचारीको माग वार्ताद्वारा समाधान गर्नुपर्ने बताउनुभएको छ  ।

आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले संघीय संसद सचिवालयका कर्मचारीको माग वार्ताबाट अविलम्व सकारात्मक निष्कर्ष साथ समाधान गर्नुपर्ने बताउनुभयो  । संघीय संसद सचिवालयका कर्मचारी केही दिनयता सेवा सुविधाको मागसहित आन्दोलनमा छन् ।

उनीहरूले ११ बुँदे माग राखेका छन् ।

प्रतिक्रिया