आइतबार राति सातै प्रदेशमा पानी पर्ने
काठमाडौँ । हाल (आइतबार साँझ) कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) तथा देशका बाँकी स्थानमा आंशिक बदली (आकाशमा थोरै बादल) देखि मौसम सामान्यतया सफा (लगभग आकाश खुला) छ।
कोसी, बागमती गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज राति कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश तथा देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदली रहने छ।
यस क्रममा राति कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै कोसी, गण्डकी र लुम्बिनी प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
यसैबीच राति बागमती प्रदेशको काठमाडौँ उपत्यकामा पनि वर्षा हुने सम्भावना छ। मौसम महाशाखाले राति भन्नाले आज आइतबार साँझ ६ बजेदेखि भोलि सोमबार बिहान ६ बजेसम्मको अविधिलाई मानेको छ।
प्रतिक्रिया