मुर्रा राँगाको वीर्य आगामी साउनदेखि किसानलाई वितरण गरिने

मुर्रा राँगाको वीर्य आगामी साउनदेखि किसानलाई वितरण गरिने

काठमाडौँ -   पशु चौपायामा नस्ल सुधारका लागि ल्याइएका मुर्रा राँगाको वीर्य आगामी साउनदेखि किसानलाई वितरण गरिने भएको छ । आगामी साउनदेखि भारतबाट ल्याइएका मुर्रा राँगा, अमेरिका र कोरियाबाट ल्याइएका साँढे गरी ६ लाख बढी डोज वीर्य किसानलाई उपलब्ध गराइने छ । 

पोखरास्थित राष्ट्रिय पशु प्रजनन कार्यालय प्रमुख तथा पशु विकास अधिकृत डा. जगदीश पाण्डेयका अनुसार ६ लाख ४० हजार डोज वीर्य उत्पादन भएको छ । ‘आजको कलेक्सन हामीले ऐतिहासिक हो । स्थापना कालदेखि सबैभन्दा बढी वीर्य सङ्कलन गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘अझै हामीले दुई पटकसम्म कलेक्सन गर्छौ, साउनदेखि किसानलाई उपलब्ध गराउने छौँ।’ 

गत ६ लाख १३ हजार डोज वीर्य सङ्कलन गरिएकोमा यो वर्ष हालसम्म ६ लाख ४० हजार डोज वीर्य सङ्कलन भएको छ । १ डोज वीर्य बापत सरकारलाई २५ रुपैयाँ राजस्व बुझाउनु पर्ने उहाँले बताउनुभयो  । किसानले सरकारी केन्द्रमा नै गएर चौपायालाई कृत्रिम गर्भाधान गराउँदा २५ रुपैयाँ राजस्व तिर्नु पर्ने छ । 

प्रतिक्रिया