गुराँसका सिमान्तकृत महिलाहरुलाई उद्यमी बनाउन उद्यमशिलता अभिमुखीकरण

गुराँसका सिमान्तकृत महिलाहरुलाई उद्यमी बनाउन उद्यमशिलता अभिमुखीकरण

काठमाडौँ  -     सिमान्तकृत महिलाहरुलाई उद्यमी बनाउन दैलेखको गुराँस गाउँपालिकामा उद्यमशिलता सम्बन्धी दुइ दिने अभिमुखीकरण सम्पन्न भएको छ ।

टेवा नेपालको आयोजना तथा महिला सशक्तिकरण मञ्च दैलेखको समन्वयमा उद्यमशिलता सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रममा गरिएको हो ।

गाउँपालिकाको वडा नं. -६ मा अभिमुखिकरणको आयोजना गरिएको महिला सशक्तिकरण मञ्च दैलेखले जनाएको छ । सिमान्तकृत महिलाहरुलाई उद्यमशीलता सम्बन्धी तालिम प्रदान गरि उद्यमी बनाउने उद्देश्यले उद्यमशिलता अभिमुखीकरण गरिएको महिला सशक्तिकरण मञ्च दैलेखका कार्यक्रम संयोजन लक्षी जिसीले बताउनुभयो ।

शुक्रवार र शनिवार दुई दिन तालिम सञ्चालन भएको थियो । महिलाहरुलाई उद्यमी बनाई रोजगारीको अवस्था सिर्जना गर्ने उद्देश्य रहेको उहाँको भनाइ छ । सफल उद्यमी बन्न सकारात्मक सोच, कडा परिश्रम र आत्मविश्वास सँगै धैर्यता पनि हुनुपर्ने जिसीले बताउनुभयो ।

दुई दिने तालिमको सहजीकरण कृष्णप्रसाद ढकालले गर्नुभएको थियो  । ढकालले तालिममा सहभागिहरुलाई तालिमबाट सिकेका कुरा व्यवहारमा उतारेर उद्यमी बन्ने अपेक्षा व्यक्त गर्नुभएको छ  । कार्यक्रममा २४ जना महिलाहरुको सहभागिता थियो । टेवा नेपालले विगत लामो समयदेखि कर्णालीका विभिन्न जिल्लाहरुमा महिला शसक्तिकरणका लागि काम गर्दै आएको छ ।

प्रतिक्रिया