बलात्कारको कसूरमा तेह्र वर्ष कैद

बलात्कारको कसूरमा तेह्र वर्ष कैद दैलेख जिल्ला अदालतकाे फाइल फाेटाे

दैलेख – १६ वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा दुल्लू नगरपालिका–३ पालीका २६ वर्षीय दिनेश बुढालाई दैलेखले जिल्ला अदालतले १३ वर्ष कैद गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले आज उक्त फैसला गरेको हो । 

आज १३ वर्ष कैद, पाँच लाख जरिवाना, एक लाख पीडितलाई क्षतिपूर्ति र २२ सय रुपैंयाँ पीडित राहत कोषलाई तिर्नुपर्ने फैसला भएको दैलेख जिल्ला अदालतका श्रेस्तेदार उपसचिव बद्रीप्रसाद लामिछानेले जानकारी दिनुभयो ।   

अघिल्लो वर्ष २०८० असार १४ गते चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ पाल्तडा जजिक जंगलमा बलात्कार गरेको भन्ने पीडित पक्षको आरोपमा प्रहरी त्यही दिन पक्राउ गरेको थियो । बालिकाको स्वास्थ्य परीक्षण असार १५ गते दैलेख अस्पतालमा भएको थियो ।  

प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकील कार्यालयले साउन ४ गते दैलेख जिल्ला अदालतमा अभियोग दर्ता गराएकोमा साउन ५ गते भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश लम्सालको इजलासले पुर्पक्षका लागि कारागार चलान गरेको थियो । 
 

प्रतिक्रिया