छाउपडी प्रथा अध्ययन गर्न समिति बनाउने निर्णय भएको छ : गृहमन्त्री

छाउपडी प्रथा अध्ययन गर्न समिति बनाउने निर्णय भएको छ :  गृहमन्त्री

काठमाडौं -   उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले छाउपडी प्रथाका विषयमा अध्ययन गर्नका लागि समिति बनाउने निर्णय भएको बताउनुभएको छ ।

सोमबार राष्ट्रियसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लामिछानले सोमबार नै छाउपडी प्रथाको विद्यमान अवस्थाको अध्ययन गरि प्रतिवेदन तयार गर्न समिति गठन गर्ने निर्णय भएको जानकारी दिनुभयो  ।

उहाँले छाउपडी प्रथाको नियन्त्रण र अन्त्य गर्नका लािग समिति बनाइएको भन्दै समितिको प्रतिवेदनमा टेकेर आवश्यक नीतिगत कदम चालिने धारणा राख्नुभयो । 
त्यस्तै, उहाँले अछाममा असार ४ गते १३ वर्षकी बालिका छाउगोठमा बलात्कृत भएको घटनाको अनुसन्धान भइरहेको र एकजनालाई पक्राउ गरिएको बताउनुभयो  । उहाँले पीडित बालिकाको उपचार भइरहको पनि जानकारी दिनुभयो । गृहमन्त्री लामिछानले निर्मला पन्तको हत्याको अनुसन्धान अझै पनि प्राथमिकतामा रहेको र अनुसन्धान भइरहेको बताउनुभयो  ।

उहाँले महिला तथा बालबालिकामाथि हुने कुनै पनि हिंसामा शुन्य सहनशीलता कायम गरि कारबाही गर्न निर्देशन दिएको पनि बताउनुभयो  ।

प्रतिक्रिया