काठमाडौँबाट खैरो हेराइन सहित दुई जना पक्राउ
काठमाडौँ - काठमाडौँको बानियाँटारबाट प्रहरीले लागुऔषध खैरो हेराइन सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिया घर भएर टोखा नगरपालिका–८ मा बस्ने १९ वर्षीय भरत बोहरा र मोरङ घर भएर टोखा बस्ने २६ वर्षीय तुलाराम चौधरी छन् ।
आरोपीहरूको साथबाट २२ ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले जानकारी दिनुभयो । उनीहरुले लागु औषध बेच्न प्रयोग गर्ने बा.९० प ४२९१ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ ।
उनीहरू विरुद्ध लागु औषध मुद्दामा म्याद लिएर प्रहरी वृत्त महाराजगन्जले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया