नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक सुरु

नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक सुरु नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक । तस्बिरः परराष्ट्र मन्त्रालय

काठमाडौँ – नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक काठमाण्डौमा शुरु भएको छ । काठमाण्डौको एक होटलमा भइरहेको बैठकमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल भइरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिनुभयो ।

बैठकमा शिक्षा, स्वास्थ्य पूर्वाधार, कृषि, आर्थिक सहयोग, व्यापार, लगानी, पर्यटन, सम्पर्क सञ्जाललगायत क्षेत्रमा सहयोग आदानप्रदानबारे छलफल केन्द्रित छ ।

परामर्श संयन्त्रको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको छ भने चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व उपविदेश मन्त्री सुन वेइतोङले गर्नुभएको छ ।

बैठकका सहभागी हुन नेपाल आएका चीनका उपविदेशमन्त्री सुनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतसँग भेटवार्ता पनि गर्ने कार्यक्रम छ । 

प्रतिक्रिया