झगडा गर्ने होइन, आपसमा मिलेर जाने हो : सभापति देउवा

झगडा गर्ने होइन, आपसमा मिलेर जाने हो :  सभापति देउवा

काठमाडौँ -   नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै मिलेर अघि बढेमात्रै देश समृद्ध बन्ने बताउनुभएको छ  ।

मंगलबार काठमाडौँमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै देउवाले नेपालका हरेक आन्दोलनमा आदिवासी जनजातिको योगदान महत्त्वपूर्ण रहेको भन्दै सबै मिलेर अघि बढ्नुपर्ने बताउनुभएको हो । 

उहाँले भन्नुभयो, ‘नेपाल अहिले आदिवासी जनजातिको समाज छ । दाजुभाइहरू हुनुहुन्छ । अत्यन्तै महत्त्वपूर्ण योगदान दिनुभएको छ । त्यसकारण तपाईंहरू सबै आपसमा एक भएर यो राष्ट्रलाई ठुलो योगदान दिन सक्नुहुन्छ । भोलिका दिनमा आफ्नो हक अधिकारका लागि पनि लड्दै जानुस् । साथसाथै काँग्रेस पार्टीलाई पनि मजबुत पार्नुस् । यो राष्ट्रलाई पनि बलियो पार्दै जानुस् । त्यो भएको खण्डमा हाम्रो राष्ट्र, पार्टी मजबुत हुन्छ । तपाइहरू आदिवासी, जनजाति दिदीबहिनीहरूको अधिकार पनि संरक्षण हुन्छ । आपसमा मिलेर जाने हो, आपसमा झगडा गर्ने होइन । छलफल गरेर उहाँहरूका मागहरू पूरा हुनेछन् । म पनि यसमा लाग्ने विश्वास दिलाउन चाहन्छु ।’

सभापति देउवाले आदिवासी, जनजातिका मागहरू सम्बोधन गर्न आफू लाग्ने पनि प्रतिबद्धता जनाउनुभयो  ।

प्रतिक्रिया