प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित
काठमाडौं - प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । आज बसेको बैठकमा सभामुख देवराज घिमिरेले बजेट बहुमतले पारित भएको घोषणा गर्नुभएको हो ।
अर्थमन्त्री वर्षमान पुनले गत जेठ १५ गते आगामी आर्थिक वर्ष २०८१/८२ को लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याउनुभएको थियो ।
पुनले प्रस्तुत गरेको बजेट चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात ६१.३१ प्रतिशत तथा पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब ५२ करोड अर्थात १८.९४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब छ ।
प्रतिक्रिया