चट्टयाङले एकै घरका दुई जना घाइते

दैलेख – गएराति चट्टयाङ परेर दैलेखमा एकै घरका ससुरा बुहारी घाइते हुनुभएको छ । भैरबी गाउँपालिका–४ नाउलीखोलाका ५५ वर्षीय धीरबहादुर शाही र उहाँको बुहारी २६ वर्षीया कुसुम शाही घरमा सुतिरहेको बेला चट्टयाङ परेर घाइते हुनुभएको हो । कुसुम पाँच महिनाकाे गर्भवती हुनुहुन्छ ।
‘राति २ बजेतिर ठूलो पानी परेको आवाज आएपछि वाहिर गाईबस्तु र आगनसम्म रेखदेख गरेर आएर सुतें केही थाहा पाएन’ कुसुमले भन्नुभयो । ‘चट्टयाङको आवाज आए लगतै श्रीमतिलाई, बुबा उठाउन खोजें बेहोस अवस्थामा देखेर छिमेकी बोलाएँ’ कुसुमका श्रीमान गणेश शाहीले सुनाउनुभयो ।
घाइतेहरुलाई दैलेख अस्पतालमा पु¥याई उपचार थालिएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) सुनिल न्यौपानले जानकारी दिनुभयो । स्वास्थ्यकर्मीहरुले बिरामीहरुको स्वास्थ्य खतरामुक्त रहेको डा. नवल यादवले बताउनुभयो ।
त्यसबेला परेको चट्टयाङले धीरबहादुर शाहीको भैंसी मरेको प्रहरी चौकी सिलङ्गीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) मोहनबहादुर रावलले जानकारी दिनुभयो । तीन महिना अघि यही क्षेत्रमा चट्टयाङले १४ वर्षीया एक बालिकाको मृत्यूभएको थियो । दैलेखको भैरबी र छिमेकी महाबु गाउँपालिकामा चट्टयाङबाट मात्र वर्षेनी ५–७ जनाको ज्यान जाने गरेको छ ।

गलत गर्ने जुनसुकै होस कारवाही हुनुपर्छ :शाही

पेट्रोलियम अन्वेषणले जगाएको आशा

चामुण्डाविन्द्रासैनी नगरपालिकाको आठौं स्थापना दिवसमा ७ जना कर्मचारी सम्मानित

कर्णाली प्रदेशबाट ३७ हजार विद्यार्थीले एसईई दिदै १८० परिक्षा केन्द तोकिए

मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त फागुन २३ गते हुने,प्रधानमन्त्री आउने

प्रतिक्रिया