मनसुन सक्रिय : देशैभर भारी वर्षा

मनसुन सक्रिय : देशैभर भारी वर्षा

दैलेख - यो वर्षको मनसुन मंगलबार रातिदेखि देशभर नै सक्रिय भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले धेरै ठाउँमा दिनभर नै पानी पर्ने सम्भावना रहेको जनाएको छ । बागमती प्रदेश, कोशी प्रदेश र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा सबैभन्दा धेरै झापाको केचनामा एक सय ५४ दशमलव ६ मिलिमिटर वर्षा भएको रेकर्ड छ । गएरातिदेखि मनसुन थप सक्रिय भएको मौसमविदले बताएका छन् ।

पूर्वदेखि पश्चिमसम्मै ठाउँ–ठाउँमा वर्षा गराउने बादल विकसित भएको मौसमविद् सञ्जिव अधिकारीले बताउनुभयो । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा दिनैभर मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आउँदो २४ घण्टाका लागि चेतावनी जारी गर्दै कोशी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ठूलो पानी पर्ने सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट सतर्कता अपनाउन भनेको छ ।

प्रतिक्रिया