दुव्र्यसनी विरुद्धको सचेतनामा समेत नागरिक समाजकाे वेवास्ता

दुव्र्यसनी विरुद्धको सचेतनामा समेत नागरिक समाजकाे वेवास्ता

दैलेख – हरेक वर्षको जुन २६ तारिकलाई अन्तर्राष्ट्रिय लागु औषध तथा अवैध तस्करी विरुद्ध दिवसका रूपमा मनाउने गरिन्छ । संयूक्त राष्ट्र संघको सन् १९८७ को घोषणापत्रको ४२ को ११२ खण्डमा उल्लेख गरिएको अनुसार यो दिवस मनाउन थालिएको हो । 

नेपालमा यातायातको सुविधापछि लागु औषध तस्करका सञ्जाल सक्रिय रहेको बताइन्छ । लागु औषधको कारोबार र तस्करका विरुद्ध सचेतना फैलाउन यो वर्षको नारा ‘लागु औषध दुरुपयोग विरुद्ध लडौं ः रोकथाममा जोड दिऔं’ रहेको छ । 

दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालयको आयोजना तथा सोसेक नेपालको सहयोगमा प्रभातफेरीसंगै सचेतना अभिमुखीकरण गरिएको छ । दैलेख सदरमुकामको गणेशचोकबाट सुरु भएको ¥यालीले नयाँबजार, देवकोटाचोक हुँदै लोकतान्त्रिक चोकपछि जिसस सभाहलमा पुगी सभामा परिणत भएको थियो । 

सभाहलमा भएको कार्यक्रममा दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले लागु औषध दुव्र्यसनीले युवा जगतलाई कुबाटोमा लिने गरेकोले स्वयम् युवापङ्ति र अभिभावकहरुले लागु औषध कुलतबाट जोगाउनपर्ने आवश्यकता औंल्याउनुभयो । 

कार्यक्रममा जिसस उपप्रमुख केशवबहादुर शाहीले लागु औषध दुव्र्यसनी रोकथाम गर्न प्रहरीले आयोजना गरेको कार्यक्रममा आम सदरमुकामबासी दर्शक भएकोमा खेद जनाउनुभएको छ । हाम्रा छोराछोरीलाई कुलत जोगाउन प्रहरीले गरेको कार्यक्रममा हामी सहभागी नहुने कस्तो सभ्यता हो ? उहाँले टिप्पणी गनुभयो । 

अभिमुखीकरण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी सुनिल दाहालले यातायातको सुविधापछि गा्रमीण क्षेत्रमा समेत लागु औषध दुव्र्यसनी बढेको औंल्याउदै भन्नुभयो प्रहरीले कारवाही गर्ने हो समाजमा सचेतना र सतर्कता घरपरिवारकै मुख्य भुमिका हुने बताउनुभयो ।

दैलेखमा फौजदारी अपराधमा संलग्न ८ जना प्रहरी हिरासतमा रहेको मध्ये तीन जना लागु औषध दुव्र्यसनीका आरोपितहरु रहेको डीएसपी दाहालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘दैलेखमा लागु औषध दुव्र्यसनी प्रमुख समस्या हो । समाज र परिवारको रेखदेख जरुरी छ ।’

प्रभातफेरीसंगै सचेतना अभिमुखीकरण कार्यक्रममा जनपथ प्रहरी, सशस्त्र प्रहरीहरु, केही विद्यालयका बालबालिकाहरु र सरकारी अधिकारीहरुको मात्र सहभागिता थियो । सचेतना कार्यक्रमहरुमा आमसर्वसाधारणको सहभागिता नहुनुलाई नागरिक समाजको निश्क्रियताको रुपमा चित्रण गरिएको छ । 


 

प्रतिक्रिया