पर्यावरण जोगाउन देशभर एकलाख विरुवा वृक्षारोपण
काठमाडौँ । जलवायु संरक्षणका लागि अखिलको प्रतिबद्धता, एकै दिनमा देशैभर एक लाख बिरुवा भन्ने मूल नाराका साथ नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुले देशभर बृक्षारोपण गरेको छ । । ७३औँ मदन जयन्तीको अवसरमा देशैभर एक लाख विरुवा वृक्षारोपण गरेको हो ।
७३औँ मदन जयन्तीको अवसरमा अनेरास्ववियुको आयोजनामा आज बुधवार एक लाख विरुवा वृक्षारोपण गरिएको अनेरास्ववियुका केन्द्रिय अध्यक्ष समिक बडालले जानकारी दिनुभयो । उहाँका अनुसार आज बुधवार देखि सुरु गरिएको बृक्षारोपण अभियान असार १४ गतेसम्म जारी रहने उहाँले बताउनुभयो ।
मदन जयन्तीको अवसरमा देशभर वृक्षारोपण अभियान सुरु भएको छु,उहाँले भन्नुभयो, 'सुरु नभएका ठाउँमा असार १४ गतेसम्म बृक्षारोपण गरिनेछ ।'
अनेरास्ववियुले अघिल्लो वर्ष पनि करिब ३५ हजार विरुवा वृक्षारोपण गरेको थियो । अघिल्लो वर्ष बढी मात्रामा विरुवा वृक्षारोपण गर्ने योजना हुँदा हुँदै पनि विरुवा नपाइएका कारण ३५ हजार विरुवा मात्र बृक्षारोपण गरिएको र यो वर्ष देशभर एक लाख विरुवा वृक्षारोपण गरिएको अध्यक्ष बडालले बताउनुभयो ।
वृक्षारोपण सँगै संरक्षणमा पनि आफूहरुले उत्तिकै ध्यान दिएको अध्यक्ष बडालको भनाई छ । हामीले शैक्षिक संस्थाभित्र, स्थानीय तह, लगायतका ठाउँहरुमा बृक्षारोपण गछौँ',उहाँले भन्नुभयो, 'शैक्षिक संस्थाहरुमा लगायका विरुवाहरु संरक्षणसँगै हुर्किदै गएका छन् । स्थानीय तहमा बृक्षारोपण गरिएका विरुवाहरु संरक्षणको लागि स्थानीय तहसँग निरन्तर साथ सहयोग र समन्वय गरेको छ ।'
संरचना बनेको ठाउँहरुमा मासिने र संरचना नबनेको ठाउँहरुमा जोगिने रहेछु',उहाँले भन्नुभयो, 'जस्को उदाहरण हामीले रिङरोड र बानेश्वर वरपरको ठाउँमा हुर्किरहेको देख्न सक्छौँ ।'
अहिले सडक बाटो बनाउने नाममा सडक छेउछाउका विरुवाहरु मासिदै गएको र त्यस्तो ठाउँको वरपर वृक्षारोपण गरेर बातावरण लगायत जलवायु परिर्वतनका असरहरुलाई कम गर्नका लागि सबैले वृक्षारोपण गरेर जलवायु परिर्वतन न्यूनिकरणमा सहयोग गर्नुपर्ने अनेरास्ववियु अनेरास्ववियु केन्द्रीय कमिटी शैक्षिक विभाग सचिव मनराज थापाको भनाई छ । वृक्षारोपण कार्यक्रम कुनै पार्टी विशेष मात्र नभएर म हुँदै हामी सबैले वृक्षारोपणामा सहभागी बनौँ',उहाँले भन्नुभयो, ‘हामीले गरेको वृक्षारोपणले जलवायु परिर्वतन न्यूनिकरणमा महत्वपूर्ण भूमिका खेल्ने छ ।’
त्यस्तै ललितपुरको पाटन क्याम्पसमा पनि सुन्तला, नीम, लगायत अन्य फलफूलका समेत विरुवा वृक्षारोपण गरिएको अनेरास्ववियुका उपत्यका विशेष बागमती प्रदेश सचिव सरोज महर्जनले जानकारी दिनुभयो ।
वृक्षारोपणको लागि स्थानीय कमिटिको सहयोगबाट र कतिपय ठाउँबाट सहयोग भएको र केही विरुवा किनेर पनि वृक्षारोपण गरिएको बताइएको छ ।
वृक्षारोपणका क्रममा स्थानीय स्तरमा फलफूलका बोटविरुवालाई मुख्य प्राथमिकतामा राखेर वृक्षारोपण गरेको र अन्य सार्वजनिक स्थल मान्छेहरुको आवतजावत हुने ठाउँमा बरपीपलका विरुवा वृक्षारोपण गरिएको अनेरास्यवियुले जनाएको छ । अनेरास्ववियुका अनुसार बृक्षारोपणमा फलफूलका विरुवाहरुमा अम्बा, कागती, नाँसपाती लगायतका फलफूलका विरुवाहरु लगाइएको छ ।
वृक्षारोपण गर्ने क्रममा प्राय संरचना बनेको ठाउँ सडक किनारा, खोला किनाराजस्ता ठाउँहरुमा वृक्षारोपण गरिएको बताइएको छ ।
प्रतिक्रिया