बालविवाह रोकथाम सचेतना नै मुख्य औजार

बालविवाह रोकथाम सचेतना नै मुख्य औजार

दैलेख – मागी विवाह घटेको छ । यसको मुख्य कारण युवाहरुले भविष्य निर्माणका लागि शिक्षा आर्जन अवधिमा जीवन साथीको छनौट गरेका हुन्छन् । युवाहरुले रोजगारीमा जुटेपछि मात्र विवाह गर्न गरेका छन् । विद्यालय शिक्षा राम्रो भएका युवाहरुले भविष्यबारे चिन्ता गरेका हुन्छन् । 

सुखद भविष्यबारे चिन्ता गरेर उमेर पुगेर विवाह गर्नेहरु वा उमेर नपुगी बालविवाह गर्नेहरु सबैले मन मिलेकाहरुसंगै युवाहरु आफैले विवाह गर्ने गरेका छन् । घरमा अभिभावकसंग सल्लाह नगरी विवाह गर्नुलाई भागी विवाह हुन थालेपछि मागी विवाह ह्वात्तै घटेको हो । 

कानूनले २० वर्ष नपुगी विवाह गर्नुलाई बालविवाह भनिन्छ । बालविवाह भएका घटनाहरुको सूचना दिने, कारवाही गराउने वा उजुरी गर्ने संख्या नगण्य मात्रामा छ । अभिभावकले फिर्ता लिंदा पनि अर्को विवाह हुन गाह्रो पर्छ भन्ने मान्यताले बालविवाह बारे उजुरी नपर्ने गरेको छ । 

समाजमा भइरहेका बालविवाह मध्ये सबै घटनामा उजुरी नपरे पनि बालविवाह विरुद्ध अदालतसम्म उजुरी पुग्ने कर्णाली प्रदेशका १० जिल्लामा दैलेख अग्रणी स्थानमा छ । इन्सेकको तथ्यांक अनुसार सन् २०२३ मा कर्णालीका १० जिल्लामा दैलेखमा ५, सुर्खेत २ र हुम्लामा १ मात्रै बालविवाह अदालत पुगेका थिए । जब कि देशभर यो अवधिमा २८ वटा मात्र बालविवाह मुद्दा चलेका थिए । 

बालविवाहको सूचना र उजुरी संख्या कर्णाली प्रदेशमै उच्च स्थान भए पनि यो प्रयाप्त छैन । समाजमा भइरहेका बालविवाह रोकथामका लागि समुदायको सहयोग अग्रसरता जरुरी छ, परिवारजनले नै बालविवाह अस्वीकार गर्ने उजुरी गर्नसक्ने हुनुपर्ने हुन्छ । 

बालविवाहले शिक्षा आर्जनमा पार्ने अवरोध, आर्थिक तथा सामाजिक असर, उमेर नपुगी सन्तान जन्मँदा आमा र नवजात शिशुको स्वास्थ्यमा पार्ने प्रतिकुल असर विषयमा अझैं रामरी बुझाउन सके प्रभावकारी सचेतना जरुरी छ । 

बालविवाहले पार्ने त्यस्ता नकारात्मक असरहरुका विषयमा समुदायलाई बुझाउन सचेतना नै मुख्य औजार रहेको नागरिक समाजका अगुवाहरुको निष्कर्ष छ । बालविवाह विरुद्धको साझा अभियान नेपाल दैलेख शाखाका पदाधिकारीहरुका लागि भएको असार १२ र १३ गते दुई दिने पुनरताजगी तालिममा नागरिक समाजका अगुवाहरु यो निष्कर्षमा पुगेका हुन् ।

सामुहितका लागि गरिने काममा नेतृत्व क्षमता, बालविवाह रोकथामका लागि नेपालका विद्यमान ऐन कानून, रणनीतिसंगै प्रहरी–प्रशासन, स्थानीय सरकारलाई उत्तरदायी बनाउन सहकार्य विषयमा सञ्जालका जिल्ला संयोजक बसन्त श्रेष्ठले तालिमको सहजीकरण गर्नुभएको थियो । तालिममा २४ जनाको सहभागिता थियो । 
 

प्रतिक्रिया