एमालेले आज मदन भण्डारीको ७३ औँ जन्मजयन्ती मनाउँदै

एमालेले आज मदन भण्डारीको ७३ औँ जन्मजयन्ती मनाउँदै

काठमाडौँ  – नेकपा एमालेले आज मदन भण्डारीको ७३ औँ जन्मजयन्ती मनाउँदैछ । जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेशनले विभिन्न कार्यक्रम आयोजना गरेको छ ।

नेकपा एमालेका तत्कालीन महासचिव भण्डारीले ‘जनताको बहुदलीय जनवाद’ (जबज) को प्रतिपादन गर्नुभएको थियो । जबज अहिले पनि एमालेको मार्गदर्शक सिद्धान्तका रूपमा रहेको छ ।

२००९ साल असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा आमा चन्द्रकला र बुबा देवीप्रसादका माइला छोराका रूपमा मदन भण्डारीको जन्म भएको थियो ।

२०५० जेठ ३ गते पार्टीको कामको सिलसिलामा पोखराबाट चितवन जाने क्रममा दासढुङ्गा दुर्घटनामा मदन भण्डारी र जीवराज आश्रितको निधन भएको थियो ।

प्रतिक्रिया