सिमकोट रैथाने बाली चुट्न किसानलाई दियो थ्रेसर

सिमकोट रैथाने बाली चुट्न किसानलाई दियो थ्रेसर वडा स्तरमा किसानलाई बितरणको तयारीमा राखिएका थ्रैसर मेशिन। तस्बिर: राजन रावत, हुम्ला

सिमकोट – पाकेको स्थानीय रैथाने बाली चुट्नका लागि किसानलाई आधुनिक थ्रेसर मेशिन प्रदान गरिएको छ। किसानले रैथाने बालीलाई प्ररम्परागत प्रबिधिको प्रयोगबाट पाकेको बाली चुट्ने गरेको कारण कम समय र माटोको छानामा चुट्ने कार्यबाट मुक्ति दिन आधुनिक प्रबिधि प्रदान गरिएको हो।

सिमकोट गाउँपालिका कृषि शाखाका प्रमुख नेत्रबहादुर शाहीले रैथाने बालीका बाला चुट्नका लागि किसानहरुलाई थ्रेसर मेशिन प्रदान गरिएको बताउनुभयो । हालसम्म किसानहरुले पाकेको रैथाने बालीको बाला चुट्न परम्परागत प्रबिधिलाई प्रयोग गर्दै आएकोे जुन काठको प्रबिधिद्धारा चुट्ने गरिन्छ।

त्यो पनि माटो छाएको घरको छानामा चुट्ने गरिन्छ। यसले गर्दा रैथाने बालीको अन्नमा बालुवा, माटो र ढुङ्गा देखिने गर्छ। यो समस्याबाट मुक्ति दिलाउन, छिटो काम सम्पन्न गरेर समय बचत गर्न र भुस फरक फरक भाँडो फाल्नका लागि किसानहरुलाई यो प्रबिधि प्रदान गरिएको हो। यसबाट किसानले गहुँ, जौ, उवा, कोदो, चिनो, कागुनो लगाएतका बालीलाई थ्रेसरमा चुटिनेछ।

हाललाई सिमकोट गाउँपालिकाका आठ वटै वडालाई एक एक वटा थ्रेसर सहयोग गरिएको बताउँदै कृषि क्षेत्रमा काम गर्दै आएको ग्रेप परियोजनाका संयोजक गोबिन्द पण्डितले बताउनुभयो ।

किसान समुहका् मागलाई सम्बोधन गर्न कै लागि प्रत्येक वडालाई थ्रेसर प्रदान गरिएको र यो काम उपलब्धिमूलक हुने विश्वास गरिएको छ। हाल किसानले जौ, गहुँ र उवा थैसरमा चुट्न थालि सकेको छ ।

 यो संगै अब हिमाली क्षेत्रका किसानहरु पनि आधुनिक प्रबिधिबाट बाली भित्र्याउने प्रयासमा लागेका छन। यसका लागि परियोजना र गाउँपालिकाको लागत साझेदारीमा आठ लाख असी हजार रुपियाँ खर्च गरिएको छ।

प्रतिक्रिया