ललितपुरमा पहिले भन्दा यो वर्ष घटे उच्च ग्रेड प्राप्त गर्ने विद्यार्थी

गत वर्ष २१ जना, यो वर्ष ७ जनाले ल्याए ४ जिपीए

ललितपुरमा पहिले भन्दा यो वर्ष घटे उच्च ग्रेड प्राप्त गर्ने विद्यार्थी

काठमाडौँ -   माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा ललितपुरका ७ जनाले मात्र उच्च ग्रेड प्राप्त गरेका छन् । गत वर्षको तुलनामा यो कम हो । गत वर्ष २१ जनाले उच्च ग्रेड प्राप्त गरेका थिए । 

माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागि मध्य  ७ जनाले ४ जीपीए ल्याएका छन् ।   ३.६० देखि ४ जीपीए १ हजार ४ सय ३३ जना, ३.२० देखि ४.६० जिपिए ल्याउने २ हजार ९ सय ७९ जना, २.८० देखि ३.२० जीपीए ल्याउने २ हजार १ सय ५२ रहेका छन् । 

त्यस्तै २.४० देखि २.८० जीपीए ल्याउने ५६१ जना, १.६० देखि दुइ जीपीए ल्याउने संख्या शुन्य रहेको छ भने एनजी (ननग्रेड) मा २ हजार ५ सय ९५ रहेका छन् भने १९१ जना अप्सेन्ट रहेको बताइएको छ । 

उच्च ग्रेड प्राप्त गर्नेमा ललितपुरबाट ७ जना रहेका छन् । जस्मा सेन्ट जेभियर्स स्कुल जावलाखेल तीन जना विद्यार्थीले ४ जीपीए ल्याए ।

त्यस्तै सेन्ट म्यारि स्कुल जावलाखेल एक जना, जेम्स स्कुल धापाखेल १ जना, ब्राइट फिउचर स्कुल सातदोबाटो २ जना विद्यार्थीले उच्च ग्रेड प्राप्त गरेको शिक्षा विकास तथा समन्वय इकाइ ललितपुरका इकाइ प्रमुख विश्वास थापा मगरले जानकारी दिनुभयो  ।

उनका अनुसार चैत १७ देखि २७ सम्म भएको परीक्षामा ललितपुरबाट ९ हजार ९ सय ३२  जना परीक्षार्थीले एसइई परीक्षा दिएका थिए   । 

प्रतिक्रिया