बाख्रापालन सम्बन्धि दुल्लुका कृषकलाई दुइदिने तालिम संचालन
काठमाडौँ - दैलेखको दुल्लु नगरपालिकामा बाख्रा पालन कृषकलाई दुई दिने बाख्रापालन सम्बन्धि तालिम संचालन भएको छ । डिसीय नेपालको साझेदारी दुल्लु नगरपालिकाको समन्वय सोसेक नेपालद्वारा संचालित गिफ्ट परियोजना अन्र्तगत उक्त तालिम संचालन भएको हो ।
दुल्लु नगरपालिका -१ नाउलेमा संचालन भएको उक्त तालिममा शान्ति मिलन कृषि समूहका १५ जना र नमुना कृषि समुहका १५ जना गरि जम्मा ३० जना बाख्रा पालक कृषकलाई २ दिने बाख्रा पालन सम्बन्धि तालिम संचालन गरिएको सोसेक नेपालमा कार्यरत कृषि प्राबिधिक हिक्मेन्द् माझीले जानकारी दिनुभयो ।
उहाँका अनुसार तालिम संचालन दुल्लु नगरपालिका -१ का वडा अध्यक्ष तर्क बहादुर खड्काको अध्यक्षता रहेको थियो । कार्यक्रमको प्रशिक्षकमा सोसेक नेपालद्वारा संचालित बाख्रा गिफ्ट परियोजना संयोजक पुष्कर प्रसाद शर्मा र दुल्लु नगरपालिका पशुविकास शाखा प्रमुख रामचन्द अबस्थी रहनुभएको थियो ।
तालिममा सहभागी कृषकलाई बाख्रा पालन व्यवसायको परिचय, महत्त्व, तथा उदेश्य र बाख्राका जात, खोर व्यवस्थापन, आहारा व्यवस्थापन घाँस सरक्षण लगायत दानापानिको व्यवस्थापनबारे जानकारी गराइएको थियो ।
त्यस्तै यूएमएमबि पोषणयुक्त ढिका र विभिन्न अवस्थाका बाख्राहरुको हेरचाह विषय समेत तालिममा कृषकहरुलाई सिकाइएको कृषि प्राविधिक माझीले बताउनुभयो । तालिममा सहभागीहरुले तालिममा सहभागी भएका कृषकहरुले पहिले घरको गोठ छाना र परम्परागत रुपमा बाख्रा पाल्ने घाँस, दानापानी व्यवस्थित लगायत कुराहरु जानकारी नभएको र तालिममा सहभागी प्रेम कुमारी खड्काले बताउनुभयो । पहिले आफूहरु पुरानैशैलीमा बाख्रापाल्दै आएको र बाख्रापालन सम्बन्धि राम्रो ज्ञान थिएन',उहाँले भन्नुभयो, 'सोसेक नेपालले आयोजना गरेको दुइदिने तालिमबाट धेरै कुराहरु सिक्न बुझ्न पाइयो । आजको तालिममा बसेपछि बाख्रापालन गर्ने तरिका जानकारी भयो ।'
तालिममा सहभागी भएपछि बाख्रा पालन सम्बन्धि आधुनिक तरिकाबाट खोर निर्माण र घाँसको व्यवस्थापन गरे पछि बाख्रा पालन व्यवसाय राम्रो हुनेरहेछ छ भन्ने कुरा तालिमबाट थाहा पाएको सहभागीहरुले बताएका छन् ।
प्रतिक्रिया